
धादिङ । माओवादी केन्द्रका नेता जनयुद्धका धादिङका संस्थापक नेता मोहन कार्की जिवन्तले बेनीघाट रोराङमा कृष्णबहादुर थपलिया विवेक विजयी हुँदा छुट्टै खुसीको अनुभुती भएको जनाएका छन् । हाम्रा उम्मेदवारले जित्दा खुसी नहुनी कुरै भएन त्यसमा पनि विवेकको जितमा छुट्टै खुसीयाली छाएको कार्कीले धादिङपोष्टलाई बताए ।
विवेक विजयी भए सँगै केहि स्मरण आफूमा रहेको र छुट्टै खुसी हुनुपर्ने केहि कारण रहेको कार्की बताउँछन् ।
मेरो स्मरणमा विवेकको परिवार
२०४५ तिर धुषा जाँदा भेटेको ईन्द्र थपलियाको माहिलो छोरो विवेक टुकु टुकु हिड्ने तयारी थियो । २०५२ तिर आउँदा १२-१३ वर्षको ठिटो भईसेकेको थियो । अन्तरजातिय आमाबाट जन्मिएकोले होला जेठा र माहिलो बिबेक धेरै चलाख पाएको थिए । जनयुद्ध थालनीको सुरुमै अलि सुरक्षित भएकोले धुषा भुवा भञ्ज्याङ् तिर धेरै बसियो । ती दुई भाइ म्यासेन्जरको भुमिका खेल्दै अगाडि बढीरहे ईन्द्र दाइ पुरै व्यवस्थापक र भाउजु चेपाङको छोरी भएकोले ती वस्तीहरु कै केही बुझेकी महिला भएकोले रोराङ्ग, रोबाङ्ग, ऐबाङ्ग वस्तीमा पुर्याउनु हुन्थ्यो ।
यहि क्रममा जेठा छोरा स्क्वायडमा भर्ती गरियो । केही समय पछि लुम्बिनीको योजनामा सहिद हुनपुगे धादिङबाट नारायण पनि । यहि क्रममा कलिलो उमेरमा बिबेक पनि पुर्णकालिन भएर हिंड्न् थाले समय क्रममै २०५९ मा इन्द्र दाइ सहिद हुनु भयो कान्छो छोरा समेत सहिद भएपछि भाउजु समेत बिक्षिप्त हुनुभै घर छोडेर हिड्नु भयो केही समयपछि निधन भयो । यसरी दुई छोराहरु आफू सहिद भएर क्रान्तिका लागि सेवा गरेको परिवारबाट केही ढिला नै भए पनि एक जिवित छोरा कृष्ण थपलिया बिबेकले आज स्थानीय सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएको छ ।
त्यस पालिकामा नेत्र सिलवालको पहलमा, ढुन्द सिलवाल, दुर्गा रिजाल, ईन्द्र थपलिया, ॐ रिजाल र गोकर्ण लगायतलाई मैले नै ०५४ सालमा पार्टी सदस्य बनाएको थिए बनाएको थिँए । धादिङमा धेरै सहिद तथा वेपत्ता परिवारहरु छन् ति मध्य विवेक त्यहि परिवार हुन् र उनको जित धादिङका सम्पूर्ण सहिद परिवारको जित हो तसर्थ आफुमा छुट्टै खुशी छाएको उनले बताए ।
