नेत्रावतीका स्थानीयकाे २० युनिट सम्मकाे विद्धुत महसुल पालिकाले तिरिदिने

Avatar photo
Dhadingpost
जेष्ठ १२, २०७९

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघराज रिजाल र उपाध्यक्षले पदभार ग्रहण गरे लग्गतै २० युनिटसम्मको विजुलीको बिलको रकम गाउँपालिकाले तिरिदिने घाेषणा गरेका छन् ।

गाउँपालिका भित्र बसोबास गर्ने असाहय, गरिव, उत्पीडित वर्ग, दलित, अल्पसख्यक समुदायका मानिसहरुको मृत्यु भएमा दाह संस्कार र आफनो परम्परा अनुसार काजक्रियाका लागि दश हजार दिने निर्णय समेत गरेका गरिएको छ ।

एक घर एक धाराको कार्य अगि बढाईने,माध्यामिक तह सम्मको शिक्षालाई निशुल्क गरिने, प्रत्येक वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्तालाई बितरणमा सहजिकरण गर्ने, ७० बर्षका बृद्धबृद्धाहरुलाई घरमा नै प्रत्येक महिनाको अन्तिममा स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था गरिने, मुख्य सडकलाई हिलो र धुलो मुक्त बनाउदै पिच गर्ने, गाउँपालिकामा कृषि उपज संकलन केन्द्र र चिस्यान केन्द्रको निर्माण गरि किसानहरुलाई प्रोत्साहन गरिने समेत उनीहरुले निर्णय गरेका छन् ।

अध्यक्ष रिजालले आफ्नो पांच बर्षे कार्यकालमा नेत्रावती डबजोङ गाउपालिकालाई नमुना गाउपालिका बनाउने बताएकन छन् ।