बेनीघाट राेराङमा उत्कृष्ट काम गरेर देखाउँछु -विवेक

Avatar photo
Dhadingpost
जेष्ठ ११, २०७९

धादिङ । धादिङको बेनीघाट राेराङकाे नव निर्वाचित अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले आफ्नाे कार्यकालमा उत्कृष्ट काम गरेर देखाउने बताएका छन् । नव निर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुकाे शपथ ग्रहण तथा निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गर्दै अध्यक्ष थपलियाले उक्त भनाई राखेका हुन् ।

निवर्तमान अध्यक्ष पित्तबहादुर डल्लाकाेटीले विकासकाे पिल्लर सुरुवात गरुवात गरिदिनु भएकाे छ अब तेहि पिल्लरबाट काम हुन्छ उनले भने । सुशासन र छिटाे छरिताे सेवा प्रवाह, ग्रामीण विकासमा जाेड, द्वन्द पिडित, घाईते अपांग र सहिद परिवार विशेष कार्यक्रम, भ्रष्टाचार न्युनिकरणमा आफ्नाे जाेड रहने पनि उनले बताए ।

कार्यक्रममा उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउदै । राजनीति ट्याग फुकालेर सेवा प्रवाहमा लाग्न समेत उनले आग्रह गरेका थिए ।