
धादिङ । जिल्ला अस्पताल धादिङले आजबाट मनोरोग विशेषज्ञ सेवा सुरु गरेको छ । जिल्ला अस्पताल धादिङका प्रमुख मधुकर दाहालले हरेक दिन बिहान १० बजे देखि ५ बजे सम्म मनोरोग विशेषज्ञ सेवा दिईने बताए ।
यहि सेवा दिनका लागि डा श्रीया बस्ताकोटी धादिङ अस्पतालमा हाजिर भएकी छिन् । ओपेडी सेवामा म नियमित रहने छु भने अत्यावश्यक परेको बेला २४ घण्टा सेवा दिन आफु तयार रहेको उनले धादिङपोष्टलाई बताईन् ।
यस अघि हामीले मनोपरामर्श सेवा मात्रै दिने गरेका थियौं, आज देखि मनोरोग विशेषज्ञ सेवा सुरु भएको पहिलो पटक हो । अस्पतालबाट गुणस्तरीय सेवामा थप सुधार गर्दै अब १५ दिन भित्रमा आईसीयु सेवा पनि सुरु गरिने प्रमुख दाहालले बताए ।
