
धादिङ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज दश दिन पुरा भएको छ । धादिङमा सबै भन्दा ढिलो मत परिणाम आएको जेष्ठ ६ गते हो अन्य पालिकाको मत परिणाम यस अघि नै आईसकेका थिए । कतिपय जनप्रतिनीधिहरुले राजिनामा दिए र उम्मेदवारी दिएका थिए त्यहिबेला उनीहरुको नाम जनप्रतिनीधि विवरणमा हुन हुदैनथ्यो तर वेबबाट हटाईएन । निर्वाचनबाट केहि पुराना, केहि नयाँ निर्वाचित बनेर फेरि पालिका आईसके तर स्थानीय तहले संचालनमा ल्याएका आधिकारीक वेबसाईटहरु स्थिर छन अपडेट छैनन् ।
जिल्लाका सबै स्थानीय तहका जनप्रतिनीधिहरुले शपथ ग्रहण सकेर पदभार समेत ग्रहरण गरिसके तर पालिकाका वेबसाईडहरुमा ०७४ साल कै जनप्रतिनीधिहरुको विवरण कायम छ । हरेक पालिकामा आईटी विज्ञ तालिम प्राप्त कर्मचारी कार्यरत छन् । तरपनि उनीहरुले नियमित पालिकाको वेवसाई अपडेट गरेको देखिदैन ।
हामीले आज जेष्ठ १० गते बिहान सबै स्थानीय तहको वेवसाई हेर्दै गर्दा गल्छी गाउँपालिकाले ०७४ को जनप्रतिनीधिको फोटो हटाएको तर नयाँ अपडेट नगरेको, सिद्धलेकले त जन प्रतिनिधि पदाधिकारी भनेर प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकृतको फोटो राखेको छ ।
हेरौ धादिङका स्थानीय तहको वेवसाईट
www.nilkanthamun.gov.np नीलकण्ठ नगरपालिका, धादिङ
www.dhunibeshimun.gov.np धुनिवेशी नगरपालिका, धादिङ
www.jwalamukhimun.gov.np ज्वालामुखी गाउँपालिका, धादिङ
www.tripurasundarimundhading.gov.np त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ
www.netrawatimun.gov.np नेत्रावती डबजोङ गाउँपालिका, धादिङ
www.rubivalleymun.gov.np रुवी भ्याली गाउँपालिका, धादिङ
www.gangajamunamun.gov.np गंगाजमुना गाउँपालिका, धादिङ
www.khaniyabasmun.gov.np खनियाबास गाउँपालिका, धादिङ
www.siddhalekmun.gov.np सिद्धलेक गाउँपालिका, धादिङ
www.gajurimun.gov.np , गजुरी गाउँपालिका, धादिङ
www.galchhimun.gov.np, गल्छी गाउँपालिका, धादिङ
www.thakremun.gov.np, थाक्रे गाउँपालिका धादिङ
www.benighatrorangmun.gov.np, वेनीघाट रोराङ गाउँपालिका, धादिङ
