
धादिङ । नीलकण्ठ नगरपालिकाको कार्यपालिका सदस्यहरुले पदभार ग्रहण गरेकै दिन बसेको बैठकले महत्वपूर्ण चार निर्णयहरु गरेका छन् ।
बैठकले दोस्रो नगरसभाको आगामी पाँच वर्षे कार्यकालको समयावधिमा सबै वडा कार्यलय सम्म कालो पत्रे सडक पुर्याउने । नगरपालिकामा एक बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने सो कामको जिम्मा नगर उपप्रमुखलाई दिईनेनिर्णय गरेको छ ।
यस्तै नीलकण्ठ नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नको लागि आपश्यक सबे सूचकहरुको प्राप्ति गरी छिटो भन्दा छिटो बालमैत्री नीलकण्ठ घोषणा गर्ने । कृषकहरुको वार्षिक उत्पादको परिणा तथा नगर क्षेत्रमा कृषि उपजको माग समेतको आधारमा कृषकहरुको लागि उत्पादनमा आधिारित कृषि तथा पशुजन्य उत्पादनमा अनुदान दिने निर्णय समेत बैठकले गरेको छ ।
