
धादिङ । नीलकण्ठ नगरपालिकाका मेयर र उपमेयर पदभार ग्रहण गरे लग्गतै वीपीपार्क पुगेर शालिकमा माल्यार्पण गरेका छन् । मेयर भिमप्रसाद ढुङ्गाना र उपमेयर दिपक विश्वकर्माले आज शपथ ग्रहण गरेपछि पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण लग्गतै बीचबजार क्याम्पस चोकमा रहेको पार्क पुगेर वीपीको शालिकमा माल्यापर्ण गरेका हुन् ।
जिल्ला समन्वय समितिको हलमा धादिङका सबै पालिका अध्यक्षहरु सँग बसेर मेयर भिम प्रसाद ढुङ्गानाले शपथ ग्रहण गरेका थिए भने उमपमेयर विश्वकर्मालाई मेयर ढुङ्गानाले आफ्नै कार्यकक्षमा शपथ ग्रहरण गराएका हुन् । शपथ लिने क्रममा उप-मेयर विश्वकर्माले मुलुक र जनता प्रति पूर्ण बफदार रहि सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु, इश्वर/देश र जनताको नाममा शपथ लिन्छु भन्ने वाक्यमा इश्वर भन्ने शब्द उच्चारण गरेनन् तथापी इश्वर लेखिएकै शपथ ग्रहण पत्रमा चाहि हस्ताक्षर गरेका छन् ।
यस्तै मेयर भिम प्रसाद ढुङ्गानाले आजै नीलकण्ठ नगरपालिकामा निर्वाचित १४ वटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।
नीलकण्ठको निर्वाचित वडा अध्यक्षहरु
नीलकण्ठ १ गणेशबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ ३ राजकुमार श्रेष्ठ, स्वतन्त्र
नीलकण्ठ ४ मा हरि बहादुर, श्रेष्ठ एमाले
नीलकण्ठ ५ रामबहादुर श्रेष्ठ, माओवादी केन्द्र
नीलकण्ठ ६ भुपेन्द्र कुमार श्रेष्ठ, कांग्रेस
नीलकण्ठ ७ गौतम हरि अधिकारी, कांग्रेस
नीलकण्ठ ८ प्रकाश कुमार श्रेष्ठ, स्वतन्त्र
नीलकण्ठ ९ राजन बराइली, कांग्रेस
नीलकण्ठ १० सरोज पाण्डे, कांग्रेस
नीलकण्ठ ११ रामबहादुर श्रेष्ठ कांग्रेस
नीलकण्ठ १२ मा राजकुमार भण्डारी, कांग्रेस
नीलकण्ठ १३ सोम बहादुर गुरुङ, कांग्रेस
नीलकण्ठ १४ नमराज दुवाडी माओवादी केन्द्र
