
धादिङ । धादिङको बेनीघाट रोराङ ९ मझिमटारमा रहेको शंखादेवि माविको नव निर्मित भवन बागमती प्रदेशका मुख्य राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । ईटलि हनुमान अनलसको आर्थिक सहयोग र कोयोन नेपालको संयोजनमा निर्मित उक्त भवन शुक्रबार एक कार्यक्रमका बीच मुख्य मन्त्री पाण्डेले उद्घाटन गरेका हुन् ।
७६ लाखमा निर्मित उक्त भवन उद्घाटन गर्दै मुख्य मन्त्री पाण्डेले स्थानीय तहको निर्वाचनको मत परिणमले अब स्थानीय तहमा विकासले छलाङ मार्न सहयोग पुग्ने बताएका थिए । गठबन्धनले स्थानीय तह जित्यो, अब प्रदेश र संघ पनि जित्छ, संविधान पनि बच्छ, विकासले नयाँ फड्को पनि मार्छ पाण्डेको भनाई उदृतगर्दै शिक्षक तिलक चेपाङले धादिङपोष्टलाई बताए ।
नव निर्वाचित पालिका अध्यक्ष कृष्ण बहादुर थपालिया विवेकले निर्वतमान पालिका अध्यक्ष हरि डल्लाकोटीलाई धन्यावाद दिँदै, उहाँले बेनीघाट रोराङमा धेरै राम्रो कामको सुरुवात गर्नु भएको छ अब ति सबै राम्रा कामलाई पुर्णता दिने जिम्मेवारी आफूलाई आएको र पुरा गर्ने प्रतिवद्धता जनाएका थिए । साथै उनले शिक्षामा ५ प्रतिशत रकम थप गर्ने घोषणा समेत गरे ।
धादिङ जिल्लाको पहिलो आवासिय शंखादेवि माविमा हाल ५४६ जना विद्यार्थी छन्, यस मध्य २७५ जना चेपाङ बालबालिकाले भर्ना गरि सकेको र भर्ना अभियान जारी रहेको समेत शिक्षक तिलक चेपाङले बताए ।
