
धादिङ । स्थानीय तहको निर्वाचन सम्पन्न भए सँगै नव निर्वाचित धादिङका पालिका प्रमुखहरुको शपथ कार्यक्रम ९ गते सोमबार १ बजे राखिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
कानुन बमोजिम सोमबार जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवलीले जिल्लाका १३ वटै पालिका प्रमुखहरुलाई मात्रै शपथ खुवाउ कार्यक्रम रहको निर्वाचन कार्यालय धादिङले जनाएको हो ।
