बेनीघाट रोराङमा माओवादीलाई बहुमत, एसलाई उपाध्यक्ष मात्रै

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७९

धादिङ । बेनीघाट रोराङमा आफ्नो माओवादी केन्द्रले आफ्नो जितलाई सुधार उन्मुख कायम राखेको छ । ०७४ मा माओवादी केन्द्रले अध्यक्ष वडा नम्बर १, ५, ७, ८ र १० गरी ५ वडा जितेको थियो यो जितलाई यस पटक झनै सुधार गर्दै प्रमुख सहित २, ४, ५, ६, ७, ८, वडा माओवादीले जितेको छ । यो सँगै माओवादी  बेनीघाटमा बहुमतमा रहेको छ ।

०७४ मा २, ३, ४, ६ र ९ गरी ५ वटा वडा जितेको एमालेलाई बेनीघाटमा पार्टी फुटले असर गर्यो । जस कारण यो पटक एमालेले ३ र ९ दुई वटा वडामा मात्रै चित्त बुझाउन बाध्य भयो भने ०७४ को चुनावमा उपाध्यक्षमा चित्त बुझाएको कांग्रेसले सुधार गरि १ र १० दुई वटा आफ्नो पकडमा पार्यो । एमाले फुटपछि बनेको एकीकृत समाजवादीले माओवादी र कांग्रेसको सहयोगमा उपाध्यक्ष जित्यो । वडा नम्बर १, ३, ५, ६, ७, ८, ९ र १० मा उम्मेदवार नै नदिएको एकीकृत समाजवादीले लडेको दुई वडाहरु २ मा टंक बहादुर थापा ७ मत वडा नम्बर ४ मा चेत नाथ सिलवाल २७३ मत मात्रै पाए ।

यी हुन् निर्वाचित वडा अध्यक्षहरु
बेनीघाट रोराङ १ जीवन सिं तामाङ, कांग्रेस
बेनीघाट रोराङ २ हेमराज भुजेल, माओवादी केन्द्र
बेनीघाट रोराङ ३ मा भुवन, त्रिपाठी एमाले
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर, माओवादी केन्द्र
बेनीघाट रोराङ ५ शिव सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ६ मा टेकनाथ सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ७ मा कुमार बस्नेत, माओवादी केन्द्र
बेनीघाटरोराङ ८ राजकुमार श्रेष्ठ, माओवादी केन्द्र
बेनीघाट रोराङ ९ मा देवीबहादुर, खड्का एमाले
बेनीघाट रोराङ १० विकास प्रजा, कांग्रेस