
धादिङ । कांग्रेस एमालेको गठबन्धनको साझा उम्मेदवार मेयरमा कांग्रेसका भिम प्रसाद ढुङ्गाना र उमेयरमा माओवादीका दिपक विश्वकर्माले चुनाव जिते सँगै गठबन्धनले आज धादिङबेसीमा संयुक्त विजय र्याली गरेको छ ।
सयौंको संख्यामा कांग्रेस माओवादीका कार्यकर्ता एवम् मतदाताहरु सहभागि र्यालीको नेतृत्व माओवादी केन्द्रको केन्द्रिय सदस्य कल्पना धमलाले गरेकी थिईन् । म निर्वाचन पूर्वको घर दैलो देखि सँगै छु । वडामा कतै जितियो कतै हारियो तर गठबन्धन दल भन्दा बाहिर गएको छैन यो चुनाव गठबन्धनले जित्नु पर्छ भन्ने थियो गठबन्धनले जित्यो, यो हाम्रो ठुलो सफलता भएको धमलाले धादिङपोष्टलाई बताईन् ।
समृद्ध नीलकण्ठ नगरको आधारः कृषि, पर्यटन, उद्धमशीलता सहितको पूर्वाधार, नीलकण्ठ नगरः देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय शहर निमार्ण यो गठबन्धनको नारा हो हामी यहि नारामा केन्द्रित रहेर काम गर्ने भिम ढुङ्गानाले बताए । धेरै राम्रा कामको सुरुवात भएका छन् अबको पुरा गरिने उनले बताए ।
