नीलकण्ठमा कांग्रेस बहुमत, माओवादी स्थिर, एमालेको हार, एस शुन्य

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा कांग्रेसले मेयर र ७ वटा वडा जित्दै बहुमतमा देखिएको छ । ०७४ मा मेयर ३, ४, ७, ८, ९ र १३ गरी ६ वटा जितेको कांग्रेसले यस निर्वाचनमा १ थप्दै ६, ७, ९, १०, ११, १२ र १३ गरि ७ पुर्‍याउँदै सहज बहुमतमा देखिएको हो । यस्तै माओवादीले उप मेयर सहित ४ वटा वडा जितेको छ । ०७४ मा पनि माओवादी ४ वटा वडा जितेको थियो तसर्थ माओवादी यो निर्वाचनमा स्थिर देखियो । ०७४ मा कांग्रेसले जितेका नीलकण्ठ ३ र ८ यो पटक स्वतन्त्रले जिते ।

यता एमालेले नीलकण्ठमा चोटिलो हार व्यहोरेको छ, ०७४ मा १४, १२, १० र ६ गरी ४ वटा जितेको उसले यो निर्वाचनमा १ वटा वडा मात्रै जितेर क्लिनस्वीप हुनबाट जोगियो । एमाले विभाजन पछि पहिलो पटक निर्वाचनमा होमिएको एकीकृत समाजवादीले एउटै वडा पनि जित्न सकेन ।

मेयर भिम प्रसाद ढुङ्गाना, कांग्रेस
उप मियर दिपक विश्वकर्मा, माओवादी केन्द्र
नीलकण्ठ १ गणेशबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ ३ राजकुमार श्रेष्ठ, स्वतन्त्र
नीलकण्ठ ४ मा हरि बहादुर, श्रेष्ठ एमाले
नीलकण्ठ ५ रामबहादुर श्रेष्ठ, माओवादी केन्द्र
नीलकण्ठ ६ भूपेन्द्र श्रेष्ठ कांग्रेस
नीलकण्ठ ७ गौतम हरि अधिकारी, कांग्रेस
नीलकण्ठ ८ प्रकाश कुमार श्रेष्ठ, स्वतन्त्र
नीलकण्ठ ९ राजन बराइली, कांग्रेस
नीलकण्ठ १० सरोज पाण्डे, कांग्रेस
नीलकण्ठ ११ रामबहादुर श्रेष्ठ कांग्रेस
नीलकण्ठ १२ मा राजकुमार भण्डारी, कांग्रेस
नीलकण्ठ १३ सोम बहादुर गुरुङ, कांग्रेस
नीलकण्ठ १४ नमराज दुवाडी माओवादी केन्द्र