त्रिपुरासुन्दरी ६ को अध्यक्षमा हरि र ७ मा दर्पण विजयी

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी ६ मा कांग्रेसको पकड भत्काउँदै माओवादीका हरि विश्वकर्माले नित हासिल गरेका छन् भने त्रिपुरासुन्दरी कै ७ मा माओवादीको जितलाई निरन्तरता दिँदै सुवास अधिकारी दर्पण विजयी भएका छन् ।

आफ्नो जितका लागि हरि विश्वकर्माले ८४३ मत ल्याए भने उनको प्रतिद्वन्दीहरु कांग्रेसका रामप्रसाद बुर्लाकोटीले ८११ र एमालेका देवबहादुर बसौलाले जम्मा ८३ मत ल्याए ।

यस्तै ७ मा आफ्नो जितका लागि दर्पणले ८४२ मत ल्याए भने उनको प्रतिद्वन्दीहरु एमालेका गोकुल अधिकारीले ७२२ मत र राप्रपाका कृष्ण बहादुर अधिकारी क्षेत्रीले ९८ मत, एकीकृत समाजवादीका राम बहादुर अधिकारी ६५ मत ल्याएका थिए । यो वाडमा कांग्रेसले माओवादीलाई सघाएको थियो ।