गंगाजमुना ५ मा माओवादीका कुमार अधिकारी विजयी

Avatar photo
Dhadingpost
जेष्ठ ४, २०७९

धादिङ । गंगाजमुना गाउँपालिका ५ को अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कुमार अधिकारी विजयी भएका छन् ।

०७४ मा एमालेका रामचन्द्र अधिकारीले ७७७ मत ल्याई चुनाव जितेका थिए । यो पटक गठबन्धनको अगाडी एमालेले आफ्नो सिट सुरक्षित गर्न नसक्दा माओवादीका कुमार अधिकारीले ११११ मत ल्याई विजयी भएका हुन् । उनको प्रतिद्वन्दी एमालेका कुमार अधिकारीले ८६५ मत ल्याए ।

यो समाचार तयार पर्दा सम्म कांग्रेसले धादिङमा ३० वटा वडा जितेको छ भने माओवादी केन्द्रले २९ वटा वडा जितेको छ । यस्तै पालिका अध्यक्षमा कांग्रेसले नेत्रावती डवजोङ, ज्वालामुखी र खनियाबास, माओवादीले बेनीघाट रोराङ, गजुरी र रुबीभ्याली, एमालेले गल्छी, एकीकृत समाजवादीले धुनीबेसी जितेका छन् ।