बेनीघाट रोराङको अध्यक्षमा माओवादी केन्द्रका विवेक विजयी

Avatar photo
Dhadingpost
जेष्ठ ३, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार कृष्ण थपलिया (विवेक) विजयी भएका छन् । उपाध्यक्षमा पनि गठबन्धन कै साझा उम्मेदवार एकीकृत समाजवादीका टाप बहादुर श्रेष्ठ विजयी भएका छन् ।

अध्यक्ष पदमा विवेकले ७,६८० मत ल्याई विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका देव प्रसाद त्रिपाठीले ५,०७२ मत पाएका थिए । यस्तै उपध्यक्षमा श्रेष्ठले ५,९०१ मतले जितेका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेकी हिरादेवि रेग्मीले ४,६६७ मत पाएकी थिईन् ।

१० वटा वडा रहेको यस गाउँपालिकामा माओवादीले २, ४, ५, ६, ७ र ८ गरी ६ वडा, एमालेले ३ र ९, कांग्रेसले १ र १० वडामा विजयी भएको छ, भने एकीकृत समाजवादीले वडामा कुनै जित निकाल्न सकेन ।

यी हुन् निर्वाचित वडा अध्यक्षहरु
बेनीघाट रोराङ १ जीवन सिं तामाङ, कांग्रेस
बेनीघाट रोराङ २ हेमराज भुजेल, माओवादी केन्द्र
बेनीघाट रोराङ ३ मा भुवन, त्रिपाठी एमाले
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर, माओवादी केन्द्र
बेनीघाट रोराङ ५ शिव सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ६ मा टेकनाथ सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ७ मा कुमार बस्नेत, माओवादी केन्द्र
बेनीघाटरोराङ ८ राजकुमार श्रेष्ठ, माओवादी केन्द्र
बेनीघाट रोराङ ९ मा देवीबहादुर, खड्का एमाले
बेनीघाट रोराङ १० विकास प्रजा, कांग्रेस