गल्छीको प्रमुखमा गठबन्धनलाई हराउँदै, एमालेका केदार खतिवडा विजयी

Avatar photo
Dhadingpost
जेष्ठ ३, २०७९

धादिङ । धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका केदार खतिवडा विजयी भएका छन् । उनले ७३०९ मत ल्याउँदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७०५७ मत ल्याएका थिए ।

उपाध्यक्षमा भने गठबन्धनको उम्मेदवार भाईकाजी तिवारी विजयी भएका छन् उनले जितका लागि ७४९४ मत ल्याएका थिए । उनको निकटम प्रतिद्वन्दी एमालेका राधा लामिछानेले ७०४८ मत लयाएकी थिईन ।

वडा अध्यक्षका विजेताहरु
गल्छी १ यदुकुमार खतिवडा, एमाले
गल्छी २ षडानन्द खनाल, एमाले
गल्छी ३ राजन भुजेल, माओवादी केन्द्र
गल्छी ४ राजु अधिकारी, कांग्रेस
गल्छी ५ सरोज तामाङ, माओवादी केन्द्र
गल्छी ६ दिपक कार्की, कांग्रेस
गल्छी ७ हरिप्रसाद खतिवडा, एमाले
गल्छी ८ विशाल लुङ्गेली मगर, कांग्रेस