
सन्जु श्रेष्ठ
धादिङ । त्रिपुरासुन्दरी २ र गल्छी ७ नेकपा एमालेले जितेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री विजयी भएका हुन् भने गल्छी ७ हरि प्रसाद खतिवडा विजयी भएका हुन् ।
त्रिपुरासुन्दरी २ को वडा अध्यक्षमा एमालका खत्री विजय हुँदै गर्दा अन्य ४ जना सदस्य भने नेपाली कांग्रेसका उम्मेदवारहरुले जिते । जितका लागि खत्रीले १२३१ मत ल्याउदा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रबिन्द्र बुर्लाकोटिले ११७६ मत ल्याएका छन् ।
यस्तै गल्छी ७ को वडाअध्यक्षमा खतिवडाले १०९२ मत ल्याई विजयी बनेका हुन् भने उनको निकटतम प्रतिद्वन्दी गठबन्धनबाट कांग्रेसका उम्मेदवार चन्द्र प्रसाद खतिवडाले ७८९ मत ल्याएका थिए ।
