
धादिङ । धादिङको उत्तरी क्षेत्र समेटिएको रुबीभ्यालीमा गठबन्धनका उम्मेदवारले राप्रपाको गढ भत्काईदिएको छ । राप्रपाको वरिष्ठ उपाध्यक्ष बुघिमान तामाङको गाउँ राप्रपाको गढका रुपमा चिनिदै आएको थियो ।
कांग्रेस माओवादी र एकीकृत समाजवादीको चुनावी तालमेलले यो पटक राप्रपाको गढ भत्किएको हो । यो पटक राप्रपाका गोम्बा घलेलाई हराउँदै माओवादीका राम सिंह तामाङ गाउँपालिका अध्यक्षमा र धनकुमारी तामाङलाई हराउँदै कांग्रेसका फेलामा तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।
जितका लागि राम सिंह तामाङले २७९२ मत ल्याएका थिए भने उनको प्रतिद्वन्दी गोम्बा घलेले २५९७ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धि राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरे ।
विजयी वडा अध्यक्षहरु
१. पम्वार तामाङ, नेपाली कांग्रेस
२. रुप्पा घले, नेकपा एकीकृत समाजवादी
३. फेदोर्जे तामाङ, जासपा
४. प्रशान्त तामाङ, राप्रपा
५. रम्ब तामाङ, नेपाली कांग्रेस
६. समीर गुरुङ, नेकपा एकीकृत समाजवादी
