
धादिङ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको मयर उप मेयरमा कडा प्रतिस्पर्धा देखिएको छ ।
पालिका तहमा कांग्रेस-माओवादीको गठबन्धन रहेता पनि वडामा तालमेल नहुँदा यस नगरपालिकाको ४ वटा वडाको मत परिणाम आई सक्दा कांग्रेसले कुनै वडा जित्न सकेको छैन भने माओवादीले २ वटा, एमालेले १ वटा र स्वतन्त्रले १ वटा जित हाँसिल गरेका छन् ।
अहिले सम्म मेयर पदमा गठबन्धनबाट कांग्रेसका भीम प्रसाद ढुङ्गानाले ३,५८३ पाएका छन् भने एकल मैदानमा उत्रिएको एमालेको मेयरका उम्मेदवार गंगादेवी श्रेष्ठले ३,०५९ मत पाएकी छिन् ।
यस्तै उप मेयरमा गठबन्धनबाट माओवादीका दीपक विश्वकर्माले २,२७६ र एमालेका फन्द्रा तामाङले २,३२३ र स्वतन्त्र उम्मेदवार कल्पना अधिकारीले २,२०२ मत पाएका छन् ।
