बेनीघाट रोराङ १ को अध्यक्षमा कांग्रेसका जीवन सिं तामाङ विजयी

Avatar photo
Dhadingpost
बैशाख ३१, २०७९

धादिङ । ०७४ को चुनावमा १७ भोटले आफ्नो पक्षमा पारेको माओवादी केन्द्रले यो पटक बेनीघाट रोराङ १ को अध्यक्ष गुमाएको छ ।

बेनीघाट रोराङ १ को अध्यक्ष नेपाली कांग्रेसका जीवन सिं तामाङले २९ मतको अन्तरले विजयी भएका हुन् । उनले आफ्नो जितको लागि ५३४ मत ल्याएका थिए भने प्रतिपर्धीहरु माओवादी केन्द्रका मिलन कुमार लामाले ५०५ मत र नेकपा एमालेका सुरेन्द्र कुमार तामाङले ५९ मत ल्याएका थिए ।