
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ को बरभञ्ज्याङ मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले हवाई फायरिङ समेत गरेको थियो । विवाद पछि झण्डै १०० भन्दा बढी मतदाताहरु लाईनमा बसेको भएता पनि मतदान गर्न नदिई निर्वाचन सम्पन्न गरिएको पाईएको छ ।
विवादका बीच फुटाईएको ग बुथमा रहेको मतपेटीका टेपले टालेर मुचुल्का गरि निर्वाचन सम्पन्न गरिएको थियो । यद्यपी उक्त मुचुल्का पत्रमा एमाले, एकीकृत समाजवादीका पार्टी प्रतिनीधिहरुले हस्ताक्षर गरेका छैनन् ।
मतदाता परिचय पत्र लिन नभ्याएका एक मतदाताले मतपत्र लिँदा अर्ध कट्टि लिएर गएको विषयमा विवाद सुरुभएको थियो । ४;१५ सुरुभएको विवादले उघ्र रुप लिँदा मतपेटिका टोडफोड भएका थियो भन स्थितिलाई नियन्त्रण्मा लिन सेनाले हवाइ फाइरिङ गरेको थियो भने ४:४० बजे सेनाले मतदान स्थल नियन्त्रणमा लिएको थियो । समय हुँदा हुँदै मतदान गर्न नदिई ८ बजे मतपेटिका शिल गरिएको स्थानीयहरु बताउँछन् ।
उक्त तोडफोड भएको बुथको निर्वाचन सम्वन्धि प्रतिवेदन निर्वाचन आयोग पठाउने र हाललाई मत गणना स्थगित गर्ने दलिय सहमति सहमति भएको छ ।
गजुरी ८ को मुचल्का

