खाल्टे फ्याक्सेमा, मेयर जाेगाउन जाँदा वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ घाईते

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७९

धादिङ । धादिङको निलकण्ठ नगरपालिकाका मेयरका उम्मेदवार भीमप्रसाद ढुंगाना माथि धरपकड हुँदै गर्दा राेक्न जाँदा आफु घाईले भएकाे नीलकण्ठ ५ का वडा अध्यक्षका उम्मेदवार एवम माओवादी केन्द्र धादिङका नेता रामकुमार श्रेष्ठले बताएका छन् ।

आफुलाई काँग्रेस कार्यकर्ताले धरपकड गर्दा घाईते भएकाे र अस्पताल जान लागेकाे बताए ।

खाल्टे फ्याक्सेमा ४ जना माओवादी कार्यकर्ताहरुले हातपात गरेकाे मेयरका उम्दवार ढुङ्गानाले नामै बताएकाे समाचार धादिङपाेष्टले प्रकाशित गरेकाे थियाे । यद्यपी प्रकाश ढुङ्गानाले आफुहरुले हातपात नगरेकाे बरु मेयरलाई हुल हुज्जतबाट बचाउन गएकाे बताए ।

संचारकर्मी मदन ढुङ्गानाले आफु प्रत्यक्षदर्शी भएकाे र मेयरमाथी यी चार जनाले हातपात नगरेकाे बताए ।