
धादिङ । धादिङ उत्तरी क्षेत्रमा रहेको रुबीभ्यालीमा मतदान सकिएको छ । जम्मा मतदाता ८९५३ रहेको रुबीभ्यालीमा ६,२७० मत खसेको निर्वाचन कार्यालयलाई उधृतगर्दै हाम्रा संवाददाता प्रदिप तामाङले बताए ।
रुबीभ्याली १ मा ८४३, रुबीभ्याली २ मा ७२२, रुबीभ्याली ३ मा १३१६, रुबीभ्याली ४ बोराङमा ७३२, रुबीभ्याली ४ चालिसमा ३६६, रुबीभ्याली ५ लापामा १६३९, रुबीभ्याली ६ सातकन्या ३६०, रुबीभ्याली ६ खादिङ २९२, गरी जम्म ६२७० मत खसेको हो ।
