गल्छीको गोगनपानीमा मतदान अझै सुरुभएन, सर्वदलिय बैठक जारी

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७९

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ८ स्थित गोगनपानी मतदान स्थलमा अझै मतदान प्रक्रिया सुरुभएको छैन । यस मतदान स्थन बहेक जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान सुरु भैसकेको छ ।

गल्छी गाउँपालिका वडा नम्बर ८ को अध्यक्ष पदका एमाले उम्मेदवार रामहरि थापाको गाडी र घर गएराति तोडफोड भएको विषयमा विवाद हुँदा मतदान प्रक्रिया सुरु हुन नसकिएको बताईएको छ ।

मतदान प्रक्रिया छिटो सुरु गर्ने तयारीमा छौं अहिले सर्वदलिय बैठक चलिरहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।