धादिङमा निर्वाचन सुरु, नीलकण्ठमा २३५ जना र रुबीभ्यालीमा ५९ कर्मचारी परिचालन

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७९

धादिङ । धादिङ जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान सुरुभएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । निर्वाचन कार्यालय धादिङका अनुसार गल्छी गाउँ पालिकाको गोगनपानी मावि मतदान स्थलमा भन्दा अन्यत्र सबै ठाउँमा मतदान सुरुभएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला भर १५१४ जना कर्मचारी परिचालन भएका छन् । जसमा सबैभन्दा धेरै कर्मचारी नीलकण्ठ नगरपालिकामा २३५ जना र सबै भन्दा कम ५९ जना परिचालन भएका छन् ।

यस्ते खनीबास गाउँपालिकामा ६० जना, नेत्रावती डवजोङमा ७० जना र अन्य पालिकाम १०० जन भन्दा बढी कर्म चारी परिचालन भएका छन् ।
विवरण