
धादिङ । निर्वाचन कार्यालय धादिङले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बैशाख ३० गते निर्धारित समय बिहान ७ बजेबाट मतदान सुरु भैई बेलुका ५ बजे सम्म मतदान हुने आयोगले जनाएको छ । मतदानको लागि मतदाता नामावलीमा नाम भएका मतदाताहरुले परिचय खुल्ने परिचयपत्र देखाएर मतदान गर्न पाउने समेत आयोगले जनाएको छ ।
निर्वाचनका लागि धादिङमा २ लाख ६८ हजार ४ सय ७२ मतदाता रहेका छन् । जसमा १ लाख ३६ हजार ४ सय ३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ गरि २ लाख ६८ हजार ४७२ जना मतदाता रहेका छन् ।
धादिङमा सबैभन्दा धेरै मतदाता नीललकण्ठ नगरपालिकामा २२,३२६ महिला र २१,७८५ पुरुष गरी ४४,१११ जना रहेका छन् भने सबै भन्दा कम मतदाता रुवीभ्याली गाउँपालिकामा ४,३३५ महिला र ४,६१८ पुरुष गरि ८,९५३ जना छन् ।

धादिङमा १५ सय १५ जना कर्मचारी निर्वाचनमा खटिए
जिल्ला निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीका अनुसार धादिङ जिल्लामा १ हजार ५१५ जना कर्मचारी र ९ सय ९ जना स्वयंसेवकहरु खटिएका छन् ।
२ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको धादिङमा यसपटक १०९ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ३०३ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
