
धादिङ । धादिङ काठमाडौं चल्ने सबै यात्रुबहाक बस र उत्तरी धादिङ चल्ने सबै जिपहरु राजनीतिक दलहरुले आ-आफ्नो मतदाता ल्याउन रिजर्भ गरेका छन् ।
धादिङबेसीबाट उत्तरी धादिङ चल्ने ३१ वटा जिपहरु रिजर्भमा गए सँगै विगत ३ दिन देखि टिकट काउण्टर नै बन्द गरिएको छ भने धादिङ काठमाडौं, दक्षिण धादिङ काठमाडौं, धादिङ पोखरा चल्ने १८० भन्दा बढी बसहरु आज विभिन्न राजनितिक दलहरुले मतदाता ओसार्न रिजर्भ गरेका छन् ।
कति पय व्यवसायीहरु पार्टी निकट हुँदा पार्टीको सम्पर्कबाट चलेका छन् भने कति पय बस जिपहरु टिकट मार्फत भन्दा रिजर्भ गर्दा बढी पैसा आउने भएपछि रिजर्भमा गएका हुन् ।
