नागरिकता देखाएर पनि भोट हाल्न पाईने

Avatar photo
Dhadingpost
बैशाख २८, २०७९

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएकाहरुले पनि नागरिकता देखाएर मतदान गर्न पाउने बताएका छन् ।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।