
धादिङ । बेनीघाट रोराङ स्थित चन्द्रोदय बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएपछि राजनीतिमा सक्रिय उपस्थिति जनाउन थालेका सुदीप गौली अहिले बेनीघाट रोराङ वडा नम्बर ५ को वडा अध्यक्षको उम्मेदवार छन् ।
राजनिति पेशा होइन, सेवा हो भन्ने मुल मन्त्र लिएर राजनितिमा होमिएका युवा नेता गौली कुशल कृषक पनि हुन । शालिन र भद्र स्वभावका उनी अबको ५ वर्ष पूर्ण रुपमा जनताको सेवा गर्न वडा अध्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछन् ।
घर दैलोको क्रममा उनले रुख चिन्हमा मतदान गरि ५ नम्बर वडालाई सम्मुनत बनाउने आफ्नो प्रतिबद्धता कार्यान्वयनको लागि सहज बनाउन अपिल गरिरहेका छन् ।
गौली २०७२ सालको भुकम्पको वेला, कोभिडको माहामारी , वाढी पहिरो लगायतको माहामारिमा जिल्लाका अधिकांश ठाउँमा निशुल्क स्वास्थ्य शिविर घर टहरा निर्माण, कपडा बैंक स्थापना , निशुल्क सेनिटरी प्याड बितरण केन्द्र स्थापना गर्दै पिडितलाई सहयोग गर्दै आएका छन् ।
पार्टिलाई वलियो र वडा लाई राम्रो बनाउन युवा नेतृत्व आवश्यक रहेकाले आफु वडा अध्यक्षमा प्रत्यासी बनेको गौलीले बताए । उनले भने, ‘म वडाबासीलाइ त्यति ठुलो सपना देखाउदिन, यदि मैले जिते भने गाउँपालिका भरिको नमुना वडा बनाएर देखाउछु । ५ नम्वर वडाको सेवा प्रवाह छिटोछरितो र सरल बनाइ झन्झटमुक्त बनाउने प्रतिवद्धता जनाउँदछु ।
