
धादिङ । नेपाली कांग्रेसका नेता टेकजंग लामाले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट पालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । कांग्रेसले पटक पटक फिर्ता लिन आग्रह गर्दा पनि टसमस नभएका उनले आज एक विज्ञप्ती निकालेर कांग्रेसको आधिकारीक उम्मेदवारलाई नै मतदान गर्न आग्रह गरेका छन् ।
नेता टेक जंग लामाको उम्मेदवारीले अफ्ठ्यारोमा परेको नेत्रावती डवजोङ कांग्रेसलाई उनको उम्मेदवारी फिर्ताले ठुलो राहात मिलेको बताईएको छ । जिल्ला सभापति रामनाथ अधिकारी र निवर्तमान सभापति लगायतका नेताहरु बीच सहमती बने पछि लामाले पार्टीको आधिकारीक उम्मेदवार मेघनाथ रिजाललाई नै जिताउन सहमत भएको बताईएको छ ।
कांग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार लामा विज्ञप्तीमा लेखेका छन्,-म नेपाली कांग्रेस धादिङको नेता टेकजंग लामा उम्मेदवारको लागि प्रतिस्पर्धामा थिँए । पार्टी पंतीले गरेको निर्णयमा केहि असन्तुष्टि रहेको कारण स्वतन्त्र उम्मेदवारको रपमा चुनावी मैदानमा खडा भएको थिएँ । सो सन्दर्भमा आम नेत्रावती डवजोङको कांग्रेसका नेता तथा कार्यकर्ता, सुभेच्छुक, समर्थक र नेपाली नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनु भएका मेघनाथ रिजाल लगायत नेपाली कांग्रेसका सबै उम्मेदवार साथीहरुको अनुरोधमा मेरो स्वतन्त्र उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका साथीहरुलाई सहयोग गरी निर्वाचनमा सक्रिय रुपमा लाग्न सबैलाई हार्दिक आग्रह गर्दछु ।





