
धादिङ । धादिङ अस्पताल अस्पतालबाट विरामीले लिन सक्ने सुविधा समेत यहाँ हुँदैन भनेर डाक्टर रामसिंहासन यादवले निजि क्लिनिकमा पाठाउने गरेको पाईएको छ ।
जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरुले बाहिर क्लिनिकहरुको सम्पर्कमा रहेर अस्पताल मै हुने सेवा समेत निजी क्लिनिकमा पठाउने गरेको जनगुनासो आएसँगै हामी रिपार्टको लागि जिल्ला अस्पताल पुग्दा डाक्टर यदवले अस्पताललले दिँदै आएको सेवा समेत नामै तोकेर बाहिर क्लिनिकमा पठाएको प्रमाण फेला पारेका हौं ।
आईतबार खनियाबासबाट थाइराइड परिक्षणको लागि आएकी ५५ वर्षिय बुद्धिमायाँ तामाङलाई थाइराइड परिक्षणको लागि डा. यादवले चिट लेखेर बाहिर सत्यदिपमा जानु त्याहाँ परिक्षण हुन्छ भनेर पठाएका हुन् ।
त्यसो त, जिल्ला अस्पताल धादिङमा असोज ४ गते देखि थाइराइड चेक गर्ने ल्याब मेशिन सुचारु छ । बागमती प्रदेश सरकारको सहयोगमा थाइराइड चेक गर्ने ल्याब गत असोज ४ गते स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवालले उद्घाटन गरे सँगै संचालनमा आईरहेको छ ।
यस विषयमा हामीले जिल्ला अस्पताल संचालक समितिका अध्यक्ष महेन्द्र धमलालाई जिज्ञासा गर्दा धादिङ अस्पतला मै थाइराइड परिक्षण हुन्छ मेशिन विग्रिएको पनि छैन । निजि क्लिनिकमा पठाउन पाईदैन । यस विषयमा तत्काल बुझेर कार्वाही प्रक्रिया अगाडी बढाईने बताए ।
यस्तै निमित्त मेसु मधुकर दाहालले पनि अध्यक्ष धमलाले भने जस्तै अस्पतालमा आएका विरामीलाई बाहिर क्लिनिकमा रिफर गर्न नहुने र यस विषयमा बुझेर डा. यादवलाई स्पष्टिकरण सोधेर तत्काल कार्वाहीको प्रक्रिया अगाडी बढाउने बताए ।
डा. राम सिंहासन प्रसाद यादव, मेडिकल अधिकृत, आठौ तहका कर्मचारी हुन् । नेपाल सरकारको छात्रवृत्ति कोटामा पढेका उनी सेवाका लागि करारमा धादिङ अस्पतालमा कार्यरत छन् ।





