एमाले धादिङको आजको चुनावी गतिविधि

Avatar photo
Dhadingpost
बैशाख २५, २०७९

धादिङ । नेकपा एमालेले आज पनि गाउँ गाउँमा मतदाता भेटघाट र सभा आयोजना गरेको छ । त्रिपुरासुन्दरी, धुनीबेसी, निलकण्ठ, गल्छी, गजुरी, बेनिघाटरोराङ, सिद्धलेक, गंगाजमुना लगायतका स्थानमा मतदाता भेटघाटपछि कोणसभाहरु आयोजना भएको एमाले धादिङले जनाएको छ ।

एमाले धादिङको निर्वाचन विशेष सौर्य इ बुलेटिनले दिएको जानकारी अनुसार आज निलकण्ठ नगरपालिकाको वडा नम्बर ६ मा आयोजना गरेको चुनावीसभालाई नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनी, नेकपा एमालेका नीलकण्ठ नगरपालिका प्रमुखका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपप्रमुख उम्मेदवार फन्द्रा तामाङ लगायतले सम्बोधन गरेका थिए ।

ज्वालामूखी गाउँपालिकाको धुसेनीमा आज भएको कोषसभा अहिले सम्मकै ठूलो सभा भएको एमालेले दावी गरेको छ । नेकपा एमालेले दिगो विकासका लागि योजना ल्याएको, प्रतिवद्धतापत्र मार्फत जनताले जानकारी पाएकोले एमालेको विजयलेमात्र विकास सम्भव भएको एमाल उम्मेदवार हरीराम लोहनीले बताए ।

गजुरी गाउँपालिकाको वडा १ र ५ मा नेकपा एमालेले घरदैलो अभियान चलाएको छ । एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष भगवती खतिवडा, वडा अध्यक्ष राजकुमार पंडित, रामचन्द्र मिजार घरदैलोमा सहभागि थिए । भेटघाटमा मतदाताले जितेर गएपछि जनताकालाई सम्झेर काम गर्न मतदाताले आग्रह गरेका छन् ।

गल्छीको सबै वडामा मतदाता भेटघाट एमाले उम्मेदवारहरुले गरिरहेका छन् । जनताको माग जनताका लागि हुनु पर्ने गल्छीबासीको छ । नेकपा एमाले कार्यकर्ताहरुले मतदान गर्न समेत सिकाइरहेका छन् । थाक्रे गाउँपालिका वडा नम्बर ९ र १० मा नेकपा एमालेले विशाल र्याली आयोजना गरेको छ । मतदाता भेटघाट गर्दै रहेको उम्मेदवारहरुसंगै निस्केको र्यालीले वडा नम्बर ९ र १० परिक्रमा गरेको थाक्रेबाट गोबिन्द सुवेदीले बताए ।

बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा नेकपा एमालेले मतदाता भेटघापछि कोणसभा आयोजना गरेको छ । एमालेलेका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार देब त्रिपाठी, उपाध्यक्ष उम्मेदवार हिरादेबि रेग्मी, वडा अध्यक्ष उम्मेदवार विष्णु थापा लगायतले सम्बोधन गरेका थिए ।

एमाले नीलकण्ठ ११ ले गोलाभन्ज्याङ देखि चामभन्ज्याङ हुँदै निलकण्ठ नगरपालिका सिम्ले ज्यामरुङ सम्म मोटरसाइकल ¥याली सहित भएको कोणसभामा गरेका छ् । उक्त कोणसभामा कांग्रेस र माओवादीका २५ जना युवाहरु कार्यकर्ता एमालेमा प्रवेशको एमालेले जनाएको छ । डा रामकुमार अधिकारी, निलकण्ठ नगरपालिकाका नेकपा एमाले उम्मेदवार गंगादेबि श्रेष्ठ लगायतले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।