कांग्रेस उम्मेदवार गोपीकृष्ण भण्डारी घरदैलो गर्दै

Avatar photo
Dhadingpost
बैशाख २३, २०७९

धादिङ । धादिङबेसी स्थित सदरमुकाममा कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेका गोपीकृष्ण भण्डारीले आज घरदैलो गरेका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा अत्याधिक मतका साथ वडा सदस्यमा विजयी भएका गोपीकृष्ण भण्डारीलाई यो पटक कांग्रेसले वडा अध्यक्षको उम्मेदवार बनाए सँगै उनी घरदैलो कार्यक्रममा निस्किएका हुन् ।

घर दैलोको क्रममा भण्डारीले रुख चिन्हमा मतदान गरि आफूलाई वडाको विकास गर्ने अवसर प्रदान गरिदिन आग्रह गरेका थिए । धादिङपोष्ट सँग कुरा गर्दै गोपी कृष्ण भण्डारीले भने, अहिले जनताको घर दैलो कार्यक्रमा छु । आफ्नो माहोल राम्रो छ, जित युवाको हुन्छ म युवा हुँ ।

कांग्रेसले १३ जना आकांक्षी रामकृष्ण अधिकारी, ध्रुव प्रसाद रिजाल, मनराज गोदार, चिनीमायाँ श्रेष्ठ, इश्वर अर्याल, राजकुमार श्रेष्ठ, प्रविण कुमार श्रेष्ठ, रमेश कार्की, तुलसी तिमल्सिना, ऋषि कुमार श्रेष्ठ, रेशम थापा, होमनाथ रिजाल मध्यबाट गोपीकृष्ण भण्डारीलाई वडा अध्यक्षको टिकट दिएको थियो ।

टिकट नपाएपछि राजकुमार श्रेष्ठले अहिले स्वतन्त्रबाट उम्मेदवारी छन् । यस्तै माओवादी केन्द्रबाट नारायण कुमार श्रेष्ठ र एमालेबाट किरण पाठक नीलकण्ठ ३ को वडाध्यक्ष पदमा उम्मेदवार छन् ।