
धादिङ । धादिङबेसी बसपार्क स्थित चौतारोको पिपलको हाँगा भाँचिएर खस्दा ड्यूटीमा रहेका एक जना म्यादी प्रहरी घाईते भएका छन् ।
शुक्रबार बिहान पिपलको रुखको हाँगा भाँचिएर खस्दा ड्यूटिमा रहेका नीलकण्ठ-२ ओलीडाडा निवासी २३ वर्षकी शान्ति स्याङ्बो थापा मगर घाईते बनेकी हुन् ।
बायाँ हातको पाखुरा (Humerus) फ्याक्चर भएको हुनाले थप उपचारको लागि काठमाडौ ट्रमा सेन्टर रिफर गरिएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
