गठबन्धन धादिङका नेताहरु नीलकण्ठमा संयुक्त भोट माग्दै

Avatar photo
Dhadingpost
बैशाख २३, २०७९

धादिङ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा सत्ता गठबन्धनले मेयर र उप मेयरमा साझा उम्मेदवार बनाएर चुनावी मैदानमा आएका छन् । कांग्रेसले भिम प्रसाद ढुङ्गानालाई र माओवादीले दिपक विश्वकर्मालाई उप मेयरमा उम्मेदवारी बनाएको छ ।

यी नै दुई उम्मदवारलाई जिताउन धादिङका उच्च स्तरका नेताहरु हिजो आज संयुक्त रुपमा उम्मेदवालाई लिएर घरदैलो गरि रहेका छन् । जनताको गुनासाहरु सुन्दै टिपोट गर्ने र यी दुई उम्मेदवारलाई भोट दिन उनीहरु अनुरोध गर्दै आईरहेका छन् ।

माओवादी केन्द्रीय सदस्य कल्पना धमला पनि नीलकण्ठको संयुक्त घर दैलोमा नियमित जोडिदै आएकी छिन् रआओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारी, कांग्रेस धादिङ सभापति रामनाथ अधिकारी र नि वर्तमान समापति रमेश धमला पनि यो अभियानमा निरन्तर सँगै छन् ।

मेयर पदमा भिम ढुङ्गानाले एमालेको उम्मेदवार गंगादेवीलाई आफ्नो मुख्य प्रतिपर्धी मान्दै आएका छन् भने उप मेयरमा कांग्रेस कै कल्पना अधिकारीले वागी उम्मेदवार दिँदा कांग्रेसको केहि भोट आफूलाई नआउने होकि भन्ने डरमा छन् दिपक विश्वकर्मा । उनले एमालेका फन्द्रा तामाङ र स्वतन्त्रकी कल्पना अधिकारीलाई मुख्य प्रतिपर्धीका रुपमा हेरेका छन् ।

माओवादीलाई धोका हुने छैन । मेयर र उप मेयर नै गठबन्धनको साधा उम्मेदवारले जित्नु पर्ने आम मतदाता र माओवादीलाई विश्वास दिलाउन पनि कांग्रेस धादिङका नेताहरु विशेषत नीलकण्ठको संयुक्त अभियानमा हिडि रहेको बताईन्छ ।