
धादिङ । माओवादी केन्द्र उपत्यका विशेष प्रदेशका सचिव कमल सापकोटा केहिदिन देखि नियमित नीलकण्ठ १० को अध्यक्षका उम्मेदवार कुमार थापामगर सँग घर दैलो अभियानमा छन् ।
एकीकृत समाजवादीको समेत समर्थन पाएका माओवादी केन्द्रका कुमार थापाले यस पटक सजिलै चुनाव जित्ने उनै सापकोटा दावी गर्दछन् । यो दावी मात्रै हैन, घरदैलोको अभियानका क्रममा सयौं कांग्रेस एमालेका कार्यकर्ताहरु माओवादीमा प्रवेस गरेका छन् भने स्वतन्त्र मतहरु कुमारलाई आउने निश्चित जस्तै भएको उनी बताउँछन् ।
सत्ता गठबन्धनका कांग्रेस, माओवादी र समाजवादी बीच सहमती बन्न नसक्दा सहमतीको रिङबाट काँग्रेस बाहिरिएको थियो । यो सँगै माओवादीका कुमार थापाले एकीकृत समाजवादीको सहयोगमा उम्मेदवारी दिएका हुन् ।
गाउँ गाउँमा कुमारको क्रेज ह्वात्तै बढेको छ, कुमारले मात्रै हैन कुमारको प्यानलका सबै सदस्य समेतले अत्याधिक मतका साथ चुनाव जित्ने एकीकृत समाजवादीका युवा नेता शंकर जंग इटनी बताउँछन् ।

यी हुन् नीलकण्ठ १० मा माओवादी र एकीकृत समाजवादीको गठबन्धन उम्मेदवार
वडा अध्यक्ष- कुमार थापा मगर
सदस्यहरु
रामबहादुर लामिछाने, नेकपा माओवादी केन्द्र
सुकुमायाँ नेपाली, माओवादी केन्द्र
गौरी माया इटनी, एकीकृत समाजवादी
टिकानिधी कडरीया, एकीकृत समाजवादी
