धादिङ जिल्ला स्थायी ठेगाना भएका नेपाली सेनाका बहालवाला र भूतपूर्व सकलदर्जाका सैनिकका छोराछोरीलाई कक्षा ६ देखि कक्षा १२ सम्म सैनिक कल्याणकारी कोषबाट छात्रवृत्तिमा अध्यापन गराउन (Empanelled School) को अवधारणा अन्तर्गत धादिङ जिल्लाबाट यस एड्भान्स एकेडेमी पनि छनौट भएको जानकारी गराउँदै चालु शैक्षिक सत्र २०७९ का लागि यस एड्भान्स एकेडेमी र अन्य जुनसुकै विद्यालयबाट विभिन्न कक्षा उत्तीर्ण भएका सैनिक परिवारका विद्यार्थीहरुको भर्ना अभिलेखीकरणको लागि आवेदन खुलेको हुँदा एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट आवेदनफारम लिई रितपूर्वक भरेर आवश्यक कागजात सहित २०७९ जेठ १५ गतेभित्र यस एड्भान्स एकेडेमीको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैमा सुचित गरिन्छ ।
प्रावधानहरु:
१) यस वर्ष कक्षा ६ , ७ , ८ , ९ र ११ को लागि आवेदनलिई लिखित र मौखिक परीक्षाको नतिजाको आधारमा तोकिएको निश्चित कोटा संख्यामा मात्र विद्यार्थी अभिलेखीकरण गरिनेछ ।
२) आवेदनफारम एड्भान्स एकेडेमी प्रशासन शाखाबाट लिन र पेश गर्न सकिनेछ ।
३) आवेदनका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु:
विद्यार्थीको कक्षा ५, ६ , ७ , ८ र १० को वार्षिक परीक्षा उत्तीर्ण गरेको मार्कसिट÷ग्रेडसिटको प्रमाणित प्रतिलिपि १ प्रति
विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि १ प्रति
विद्यार्थीको पासपोर्ट साइजको फोटो १ प्रति
वहालवाला सैनिकको हकमा परिचयपत्र १ प्रति
भूतपूर्व सैनिकको हकमा पेन्सनपट्टाको प्रमाणित प्रतिलिपि १ प्रति
थप जानकारीका लागि सम्पर्क व्यक्तिहरु
श्री भिमबहादुर श्रेष्ठ ( प्रिन्सिपल ) ९८५११७०७८३
नेपाल राष्ट्रि भुतपूर्व सैनिक संघ , जिल्ला कार्यालय , धादिङ , फोन नं. ०१०५२१३५७
प्रिन्सिपल
भिमबहादुर श्रेष्ठ

