धादिङमा सबै भन्दा धेरै उमेरको उम्मेदवार को होला ?

Avatar photo
Dhadingpost
बैशाख २१, २०७९

धादिङ । धादिङ जिल्लामा सबैभन्दा धेरै उमेरको उम्मदवार, को होला ?, सबैभन्दा कम उमेरको को होला ? चासोको विषय बन्न सक्छ । यस विषयमा हामी खोज्ने प्रयास गरेका छौं । अहिले हामीले धेरै उमेरका उम्मेदवारको बारेमा लेख्ने प्रयास गरेका छौ भने कम उमेरका उम्मेदवारको बारेमा अर्को समाचार लेख्ने छौं ।

नीलकण्ठ नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका टिकाबहादुर भण्डारी सबै भन्दा धेरै उमेर भएका उम्मेदवार हुन् उनी ७७ वर्षका भए । थाक्रे वडा नम्बर २ को वडा अध्यक्षका उम्मेदवार बहादुर तामाङ दोस्रो धेरै उमेर भएका वडा अध्यक्ष उम्मेदवार हुन् । उनी हाल ७६ वर्षका भए । उनी राप्रपाबाट वडा अध्यक्षका लागि उम्मेदवार बनेका हुन् । उमेरले उनी पाका भएपनि जोस भने युवा कै छ । हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा उभिने उनी विकासको लागि आफूले जित्नु पर्ने दावी गर्दछन् ।

यस्तै बढी उमेरको हिसावले तेस्रो नम्बरमा रहेका उम्मेदवार तार्केल तामाङ हुन् उनी ७३ वर्षका भए । उनी ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षका लागि राप्रपाबाट उम्मेदवार बनेका हुन् । गजुरी ८ को दलित महिला सदस्यमा राप्रपाबाट ७६ वर्षिय पम्फे नेपाली र गल्छी २ को सदस्यमा एकीकृत समाजवादीबाट ७० वर्षिय तिलमायाँ नेपालीको उम्मेदवारी रहेको छ ।

त्यसैगरी थाक्रे ४ को वडा अध्यक्षका उम्मेदवार प्रेम तामाङ र माओवादी केन्द्रबाट ज्वालामुखी ३ को वडा अध्यक्षका उम्मेदवार नन्दलाल श्रेष्ठ । उनीहरु दुबै जना अहिले ७१ वर्षका भए । थाक्रे ४ को वडा अध्यक्षका उम्मेदवार ७१ वर्षिय प्रेम तामाङ भन्छन्, जनतामा उभार छ, आर्थिक चलखेल भएन भने आफू नै वडा अध्यक्षमा निर्वाचित हुन्छु । वर्षौ देखि जनताको सेवा गर्दै आई रहेको छु, राप्रपाको एजेण्डा प्रति जनताको उत्साह अहिले ह्वात्तै बढेको छ, एक कार्यकाल वडा अध्यक्ष जिते भने यस वडा शुन्य भ्रष्टचार बनाउने र जनपक्षिय काम गर्ने उनको योजना छ । यस अघि प्रकाशित समाचारमा केहि त्रु्टी हुनगएकोले सच्याएर पुन प्रकाशित गरिएको छ ।