राम्रो मेयर छानौं

Avatar photo
Dhadingpost
बैशाख २०, २०७९

कृषि पशु सवै क्षेत्र बिस्तार गर्ने काम
अनुदान र सहुलियतमा आउछ यिनकै नाम
नब्बे पर्सेन्ट बिमा अनि पच्चीस सय भत्ता
यस्ता सेवा सुबिधा चै खोज्नुस देकाछन् यता ।
पालिकाको सबै विकास गर्ने एउटा नाम
ढुंगानाले गर्छन्, हजुर यस्ता सबै काम
किरिया खर्च सुत्केरीलाई हेर्छन टार्गेट पारि
नयाँ भिजन नयाँ मिसन योजनालाई सारी
खानेपानी, सडक बत्ती, स्वास्थ्य शिक्षा हाम्रो
जता हेर्यो उतै उतै भीम ढुंगाना नै राम्रो ।
स्वास्थ्य चौकी सबै ठाउँ वडा पिच्छे बने
कल्पनामा लेख्या होइन देखे र नै भने,
आरसीसीका भवन बने शिक्षा पनि राम्रो
प्रविधि मैत्री शिकाई छ, नगर भित्र हाम्रो
गाउँ घर छर छिमेकी सबै दंग परे
हेर्नुस हजुर बिगतलाई नी के(के काम गरे ।
करिडोर रिंग रोडको कल्पनानी आयो
नगरको विकास संगै सुन्दरता छायो
मेयर उद्यम कार्यक्रमले पायो भने बाटो
उद्यमीको कामले बन्छ, उर्वर यहाँ माटो
हरेक वडा एक उत्पादन सुहाउने माटो
देखाउछ, यसले पनि रोजगारीको बाटो
उद्योगग्राम खोल्ने गरि बजेट पनि आछ
नगरबासी भन्नलाई छाती चौडा भा छ
खुल्ने भयो रोजगारीको मुहान अब धेरै
राम्रो अनि नाम चलेको नगर बन्छ मेरै,
भारि मतले जिताउ ढुङ्गानालाई विकासको काम गर्छ
ओसिएका चुलोभरि आगो बाल्नु पर्छ
नेता राम्रो छान्न सके बन्छ हाम्रो गाउँ
जता हेर्यो, जता सुन्यो, कांग्रेस कै नाउँ
शिक्षा स्वास्थ्य खानेपानी रोजगारीका कुरा
गर्नुपर्छ जनताका आवस्यकता पुरा
जनताका आवस्यकता पुरा नभई भैंन
भीम ढुंगाना बिकल्पमा अरु कोही छैन ।
समृद्धीको खाका कोर्ने राम्रो नेता पालौ
ढुङ्गानालाई मेयमा जिताउन रुखमा भोट हालौ ।