किसान भेट्न खेत-बारी मै पुग्न थाले नेताहरु

Avatar photo
Dhadingpost
बैशाख १९, २०७९

धादिङ । धादिङमा आजबाट सबै जसो दलका उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा निस्किएका छन् । एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षका उम्मेदवार संगिता कुमाल मतदातालाई भोट हाल्न किसानको खेतबारीमा समेत पुगेको दृष्य सार्वजनिक भएको छ ।

कुमाल समूदायको प्रतिनीधित्व हुने गरि एमालेले मलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । मतदाताहरुलाई भोटदिने तरिका सिकाईएन भने बदरहुने सम्भावन हुन्छ त्यसैले मतदान गर्न सिकाउँदैछु उनी भन्दछिन् ।

सरकारले भोट दिन सिकाएन । आफूलाई मत हाल्न चाहनेहरुले आफूलाई सोधेकोले धेरैलाई भोट दिने तरिका सिकाउँदै हिडेको छु किसानको व्यस्ततालाई ख्याल गर्नु आफ्नो दायित्व भएको भन्दै जहाँ पुगिन्छ त्यहि भोट हाल्न सिकाउने गरेको उनी बताउँछिन् ।

मतदाता शिक्षामा यस वर्ष राज्यको लगानी नभएको र गैर सरकारी निकायलेसमेत मतदाता शिक्षा नदिएका कारण नयाँ मतदाता र पुराना समेत अलमलिएका छन् ।