धादिङबेसीबाट गुम्दी जाँदै गरेको जीप दुर्घटना ८ जना घाईते

Avatar photo
Dhadingpost
बैशाख १८, २०७९

धादिङ । धादिङबेसीबाट गुम्दी जाँदै गरेको बोलेरो जिप नीलकण्ठ नगरपालिका स्थित जुम्रे डाँडामा दुर्घटना हुँदा ८ जना घाईते भएको प्रहरीले जनाएको छ ।

धादिङ अस्पतालमा ल्याईएको ८ जना मध्य २ जनाको स्वास्थ्य स्थिति गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले धादिङपोष्टलाई बताए ।

ग १ ज ५४३१ नम्बरको बोलेरो जिप यात्रु बोकेर गुम्दी जाँदै गर्दा जुम्रे डाँडामा दुर्घटना भएको बताईएको छ ।