
धादिङ । धादिङ जिल्लाको १३ स्थानीय तहको प्रमुखमा ५ जना र उप प्रमुख पदमा ३६ जना महिला उम्मेदवार बनेका छन् ।
धादिङको सबै पालिकाको प्रमुखमा ११७ जना उम्मेदवार छन् जस मध्य ५ जना महिला र उपप्रमुख पदमा ८० जना उम्मेदवार छन् जसमा ३६ जना महिला छन् ।
धादिङका १० स्थानीय तहरु धुनीबेसी नगरपािलकाको प्रमुख पदमा ९ जना, बेनीघाट रोराङ ११ जना, रुबीभ्याली ५ जना, सिद्धलेक ८ जना, ज्वालामुखी ५ जना, त्रिपुरासुन्दरी ११ जना, थाक्रे १८ जना, गजुरी १८ जना, खनियाबास ७ जना र गंगाजमुना गाउँपालिकामा ४ जना उम्मेदवार छन् तर यी पालिकाको पालिका प्रमुख पदमा महिला उम्मेदवार छैनन भने नीलकण्ठमा २ जना, नेत्रावती डवजोङमा २ जना र गल्छीमा १ जना महिला उम्मेदवार छ् ।
नीलकण्ठको मेयर पदमा १२ जना उम्मेदवार मध्य गंगादेवि श्रेष्ठ एमालेबाट, देविकला पयिार नेपाली जनता दलबाट, नेत्रावती डवजोङको अध्यक्ष पदमा ९ जना उम्मृदवार मध्य माओवादी केद्रबाट उर्मिला तामाङ र मंगोल नेशनल अर्गनाईजेसनबाट मिरा गुरुङ, गल्छी गाउँपालिका अध्यक्ष पदमा १७ मध्य नेपाली जनता पार्टीबाट सन्तमाया विश्वकर्मा उम्मेदवार छन् ।
उप प्रमुख पदमा
धुनीबेसी नगरपालिकामा उप प्रमुख पदमा ९ जना उम्मेदवार छ जसमा महिला ४ जना ( एमालेबाट मन्दिरा श्रेष्ठ, राप्रपाबाट विना अधिकारी, मंगोल नेशनल अर्गनाईशनबाट कोपलिा तामाङ, र स्वतन्त्रबाट राममाया लामा) छन् ।
नीलकण्ठ नगरपालिकामा उप प्रमुख पदमा ७ जना उम्मेदवार छन् जस माध्य ४ जना महिलाहरु (कल्पना अधिकारी स्वतन्त्र, कोपिला परियार जनजागरण पार्टी, पार्वती कोईराला राप्रपा र समिता तामाङ मंगोल नेशनल अर्गनाईशन) छन् ।
नेत्रावती डवजोङको उप प्रमुखमा ६ जना मध्य ३ महिला उम्मेदवार (विना कुमारी मम्बा तामाङ एमाले, सितामायाँ गुरुङ कांग्रेस र आशासुार विक राप्रपा) छन् ।
जवालामुखी गाउँपालिकामा ६ जना उप प्रमुख पदमा उम्मेदवार रहेपनि महिलाहरु ३ जना (लक्ष्मी थापा मगर माओवादी केन्द्र, चन्द्रकुमारी अर्याल एमाले र सोविता रानामगर राप्रपा) छन् ।
त्रिपुरासुन्दरीको उप प्रमुख पदमा ४ जना उम्मेदवार छनु जस मध्य महिलाहरु स.गिता कुमाल एमाले, लक्ष्मी कुमाल राप्रपा र निर्मला गुरुङ मंगोल नेशनल अर्गनाईशनबाट छन् ।
थाक्रे गाउँपालिकाको उप प्रमुखमा ४ जना उम्मेदवार रहेपनि महिला भने ३ जना (अम्बिका रुपाखेती एमाले, अन्जना खतिवडा राप्रपा र दिलकुमारी घलान मंगोल नेशनल अर्गनाईशनबाट छन् ।
बेनीघाट रोराङमा ५ जना उप प्रमुखको उम्मेदवार मध्य ३ जना महिला (हिरादेवि रेग्मी एमाले र शुशिला मगर राप्रपा) छ् ।
रुबीभ्यालीमा ६ जना उप प्रमुख पदका उम्मेदवारहरु छन् जसमा महिला ४ जना ( रुसमायाँ तामाङ एमाले, मिलिमायाँ तामाङ जसपा, धनकुमारी तामाङ राप्रपा र रविना तामाङ मंगोल नेशनल अर्गनाईशन) छन् ।
सिद्धलेक गाउँपालिकामा ६ जना उप प्रमुखका उम्मेदवार मध्य ५ जना महिला (कमला शर्मा एमाले, सविता अर्याल एकीकृत समाजवादी, सम्झना पण्डित माओवादी केन्द्र, ज्ञानुमायाँ सिलवाल राप्रपा र दिपा थापा मगर मंगोल नेशनल अर्गनाईशन) छन् ।
गजुरी गाउँपालिकामा ५ जना उप प्रमुख पदमा उम्मेदवारहरुमा सबै महिला छन् । जसमा एमालेबाट अगवती खतिवडा, एकीकृत समाजवादीबाट उर्मिला श्रेष्ठ, कांग्रेसबाट शर्मिला विसुराल, राप्रपाबाट सविता तामाङ र मंगोल नेशनल अर्गनाईशनबाट सरस्वती तामाङ छन् ।
गल्छी गाउँपालिकामा ८ जना उप प्रमुख पदका उम्मेदवार छन् जस मध्य ३ जना महिलाहरु (राधा लामिछाने एमाले, राममायाँ रेग्मी राप्रपा र मनिता मोक्तान मंगोल नेशनल अर्गनाईशन) छन् ।
खनियाबास गाउँपालिकामा ८ जना उप प्रमुख पदमा उम्मेदवार छन् जस मध्य ५ जना (खुपी कुमारी तामाङ एमाले, निकिता तामाङ जसपा, मरियम तामाङ राप्रपा, ममता तामाङ मंगोल नेशनल अर्गनाईशन र सरिता तामाङ स्वतन्त्र छन् ।
गंगाजमुना गाउँपालिकामा ६ जना उप प्रमुख पदका उम्मेदवार मध्य ३ जना महिला (एञ्जिला तामाङ एमाले, सुनीता खत्री राप्रपा र राममायाँ तामाङ मंगोल नेशनल अर्गनाईशन) छन् ।


