
धादिङ । धादिङको गजुरी गाउँपालिका(६ जोगिटारबाट प्रहरीले २ केजी अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले गजुरी गाउँपालिका(८ का २७ वर्षीय दिवश रम्तेललाई उक्त परिणामको गाँजा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
