नीलकण्ठको मेयरमा १२ जना र उप मेयरमा ७ जना उम्मेदवार (नामावली समेत)

Avatar photo
Dhadingpost
बैशाख १७, २०७९

धादिङ । आशन्न बैशाख ३० गते हुन गहि रहेको स्थानीय तको निर्वाचनका लागि धादिङको नलिकण्ठमा मेयर पदका लागि १२ जना र उप मेयर पदकालागि ७ जना उम्मेदवार रहेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका भिम प्रसाद ढुङ्गाना कांग्रेसबाट मेयर पदमा उम्मेदवार छन् भने एमालेबाट गंगादेवी श्रेष्ठ एमाले, राप्रपाबाट श्याबहादुर सिंह ठकुरी, कालबहादुर विक जनजागरण पार्टी नेपाल, तारालाल धरेल जसपा, देवि कला परियार नेपाली जनता दल, बीर बहादुर तामाङ मंगोल नेशनल अर्गनाईजेसन र स्वतन्त्रबाट काजी श्रेष्ठ, टिका बहादुर भण्डारी, प्रेमहादुर गुरुङ, बलराम लम्साल र बोदनाथ दुवाडी रहेका छन् ।

यस्तै नीलकण्ठको उप मेयर पदमा सत्तागठबन्धनको साझा उम्मेदवारबाट माओवादी केन्द्रका दिपक विश्वकर्मा, एमालेबाट फन्द्रा तामाङ, राप्रपाबाट पार्वती कोईराला, जन जागरण पार्टीबाट कोपिला परियार, मंगोल नेशनल अर्गनाईजेसन बाट समिता तामाङ, स्वतन्त्रबाट कल्पना अधिकारी र हरि लम्साल रहेका छन् ।