
अमेरीका । धादिङ जिल्ला निलकण्ठ नगरपालिका ४ अल्छिडाडाका हाल काेलाेराडाे बाेल्डर अमेरिका बस्दै आएका देवराज सापकोटाकाे गाडीकाे ठक्करबाट निधन भएकाे छ ।
भाग्यको खोजिमा ६ बर्ष आगाडी अमेरीका पुगेका थिए उनको बाटो काट्ने क्रममा अप्रिल १९ तारिकका दिन गाडीले ठक्कर दिदा मृत्यु भएको बोल्डर काउन्टी कोरोनरको कार्यालयले जनाएको छ ।
बोल्डर स्थित काठमाण्डौ रेष्टुरेन्टमा कार्यरत देवराजलाई लुइजभिल स्थित यूएस ३६ मा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिदा मृत्यु भएको कोलोराडो स्टेट पेट्रोल टुपर गेरी कट्लरले जनाएका हुन् ।
उनको अन्तिम दाह संस्कार सम्पन्न गर्न उनको परिवारलाई नेपालबाट झिकाउने पहल भईरहेको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले बताएका छन् ।
यी सबै प्रकृया सम्पन्न गर्न कोलोराडो स्थित सबै सामाजिक संघ संस्था, समाजसेवीहरुको सुझाव अनुसार आर्थिक सहयोग संकलन गर्न धादिङ नेपाली समाज अमेरीका र एनआरएन कोलोराडो च्याप्टरको संयूक्त नाममा गोफण्ड मी खोल्ने निर्णय भए अनुसार गोफन्ड मी खोलीएको अध्यक्ष पन्तले बताएका छन् ।
उनले नेपाली समुदायमा परेको यस दुःखद घडीमा यस समस्याको समाधान गर्न यथासक्य साथ र सहयोगको लागी सबैसंग अनुरोध गरेका छन् ।
