फुलखर्क स्थित मण्डली मावि परिसरमा आज नि:शुल्क स्वास्थ्य शिविर हुँदै

Avatar photo
Dhadingpost
बैशाख १७, २०७९

धादिङ । गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानले आज बैशाख १७ गते धादिङको गंगाजमुना गाउँपालिका स्थित मण्डली माध्यामिक विद्यालय प्राङ्गणमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको छ ।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानका उपाध्यक्ष राजकुमार अधिकारीको संयोजनामा उक्त स्वास्थ्य शिविर हुन लागेको बताईएको छ । शिविर बिहान १० बजेबाट सुरु हुने जनाईएको छ