चुनाव जितें भने, तलव भत्ता लिदिँन -भिमसेन

Avatar photo
Dhadingpost
बैशाख १६, २०७९

धादिङ । नेकपा एमालेबाट बेनीघाट रोराङ वडा नम्बर ९ को वडा अध्यक्षमा उम्मेदवारी दिएका देवी बहादुर खड्का (भिमसेन) ले यदि चुनावमा विजयी भए ५ वर्षे कार्यकालमा आउने तलव भत्ता नलिने घोषणा गरेका छन् ।

म जनताको सेवक हुँ, जनताको सेवामा सर्मपित हुँदै गर्दा वडा अध्यक्षमा चुनावमा जिते ५ वर्ष भरि नै तलव भत्ता नलिने घोषण गरेका हुन् । उनले उम्मेदवारी दिए सँगै आफूले गर्ने कामको प्रारुप समेत सार्वजनिक गरेका छन् ।

यस्ता छन् उनको चुनावी प्रतिवद्धता
१. मापढण्ड बनाएर गरीव, विपन्न, विपन्न आय भएका व्यक्तिहरु तथा परिवार पहिचान गरी विपन्न कार्ड वितरण गरीनेछ ।
२. विपन्न तथा सिमान्तकृत चेपाङ समुदायको समस्या पहिचान गरी दिर्घकालिन रुपमा समस्या समाधान गर्न र निःशूल्क स्वास्थ्य विमा कार्ड उपलब्ध गराउन पहल गरिनेछ ।
३. सुत्केरी आमा र शिशुको लागि पौष्टिक आहार र न्यानो कपडा व्यवस्थापन गरीनेछ ।

४. स्वास्थ्य चौकीको स्तर उन्नती गरी प्राथमिक उपचारका सम्पूर्ण सेवाहरु उपलब्ध गराउने र माथिल्लो तहको स्वास्थ्य सेवा उपलब्ध गराउन परेमा स्वास्थ्य चौकीकै मातहतको एम्बुलेन्स सेवा उपलब्ध गराई विरामीलाई रिफर गर्ने मद्दत गरिनेछ ।
५. खेल मैदानको स्तर उन्नती गर्नै र खेलकुद भवन निर्माण गरिनेछ ।
६. विभिन्न खेल विधामा संलग्न खेलाडीहरुको क्षमता विकास गर्ने प्रशिक्षण, खेल सामाग्री, पुरस्कार व्यवस्था गरीनेछ ।
७. सार्वजनिक जग्गाको पहिचान गरि विविध धर्म, संस्कृत जर्गेना गर्दै विवाह ब्रतबन्ध, सभा समारोह सञ्चालन गर्न सहजता प्रदान गर्ने तथा भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने वडाबासीलाई जग्गा धनी पुर्जाको व्यवस्था गरिनेछ ।

८. सबै सार्वजनिक विद्यालयको समान स्तरोन्नति गर्ने र नीजि विद्यालयको हारहारीमा नतिजा प्राप्त गर्ने गरि गुणस्तर अभिवृद्धि गर्ने ।
९. शैक्षिक विज्ञ र शैक्षिक संस्थाको कुशल प्रशासन र नेतृत्व गरेका विशेषज्ञको सल्लाहबाट विद्यालयको शैक्षिक प्रशासनिक कार्यलाई गुणस्तरीय र नतिजामुखी बनाउने पहल गरिनेछ ।
१०. माटो र हावापानी सुहाउदो उन्नत जातका बिउ विरुवा स्वदेशी तथा विकसित कृर्षी मुलुकबाट आयात गरि निःशूल्क वितरण गरिनेछ ।
११. गाई भैंसीलाई निःशूल्क EI को व्यवस्था मिलाउने ।

१२. कृर्षी उत्पादनको उचित मूल्य प्रदान गरि बजारीकरण गरिनेछ ।
१३. अति विपन्न परिवारलाई निःशूल्क पानी र बत्तीको व्यवस्था गरिनेछ ।
१४. प्रमुख चोकमा स्र्माट लाइटको व्यवस्था गरिनेछ ।
१५. फोहोर व्यवस्थापनको लागि प्रत्येक चोकमा कन्टेनरको व्यवस्था गरिनेछ ।
१६. बृद्ध बृद्धाको सम्मानको लागि गाँउघरमा गई बृद्ध भत्ताको वितरण गरिनेछ ।