नीलकण्ठ १० मा माओवादी र एकीकृत समाजवादीको गठबन्धन

Avatar photo
Dhadingpost
बैशाख १५, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको १० नम्बर वडामा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर चुनावी मैदानमा जाने गरि उम्मेदवारी दिएका छन् ।

कांग्रेस माओवादी र समाजवादी बीच सहमती बन्न नसक्दा वडाको अध्यक्षमा जनयुद्धकाल देखि नै क्रियाशिल युवा कुमार थापाले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । भने समाजवादीले २ सदस्य दिएर माओवादीलाई सघाउने गरी गठबन्धन बनेको हो ।

२०७४ को स्थानीय चुनावमा एमालेबाट विजय इटनीले यस वडाको अध्यक्षमा जित निकालेका थिए । उनलाई हामीले जिताएका थियौं आशा अनुरुपको काम पनि भएन पार्टी विभाजन भयो अब काम गर्ने युवा कुमारको टिमलाई जिताउने गरि चुनावी मैदानमा होमिएको एकीकृत समाजवादीका युवा नेता शंकर जंग इटनी बताउँछन् ।

यी हुन् नीलकण्ठ १० मा माओवादी र एकीकृत समाजवादीको गठबन्धन उम्मेदवार
वडा अध्यक्ष- कुमार थापा मगर
सदस्यहरु
रामबहादुर लामिछने, नेकपा मावोवादी केन्द्र
सुकुमायाँ नेपाली, माओवादी केन्द्र
गौरी माया इटनी, एकीकृत समाजवादी
टिकानिधी कडरीया, एकीकृत समाजवादी