धादिङमा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका त्रिपाठी विरुद्ध उजुरी

Avatar photo
Dhadingpost
बैशाख १४, २०७९

धादिङ । एमालेबाट बेनीघाट रोराङ वडा नम्बर ३ को अध्यक्षमा उम्मेदवारी दिएका भुवन त्रिपाठी विरुद्ध उजुरी परेको छ ।

उम्मेदवार त्रिपाठी विरुद्ध बेनिघाट रोराङ गाँउपालिका ३ का स्थानीय कमलराज कडेँल, राजेन्द्र कडेँल र ऋषि त्रिपाठीले उजुरी दिएका हुन् ।

स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवार विरुद्ध उजुरी आह्वान भएको थियो ।