ज्वालामुखीमा माओवादी केन्द्रको आफ्नै उम्मेदवार

Avatar photo
Dhadingpost
बैशाख १४, २०७९

धादिङ । सत्ता गठबन्धन दलहरुबीचको सार्वजनिक सहमति अनुसार ज्वालामुखी गाउँपालिकाको अध्यक्ष कांग्रस र उप प्रमुखमा एकीकृत समाजवादीले पाउने सहमति भएको थियो तर उक्त सहमति माओवादी केन्द्र ज्वालामुखीले नमाले पछि माओवादी एक्लै चुनावी मैदानमा देखिएको छ ।

ज्वालामुखी गाँउपालिकामा माअ‍ेवादी केन्द्रको तर्फबाट अध्यक्ष पदमा हरी बहादुर दनै र उपाध्यक्ष पदमा लक्ष्मि थापामगरले उम्मेदवारी दर्ता गराएका हुन् ।

माओवादी केन्द्र ज्वालामुखी गाँउपालिकाका अध्यक्ष दिपक बस्नेतका अनुसार सोमबार माओवादी केन्द्रको तर्फबाट उनिहरु दुवै जनाले उम्मेदवारी दिएका हुन् ।